Thursday, April 7, 2016

इमरजन्सी छ रिचार्ज कार्ड पठाईदिनु भन्दै फेक आइडीले झुक्यायो

न्युज २४ टेलिभिजको डेक्समा वसेर आफ्नो काममा तल्लिन यादव देवकोटालाई एक्कसी गोरखा घर भएकी संगिता भट्टको फेसबुकबाट  Request आयो । Accept  नगरुन् पो कसो !! पल्ला गाउँको मान्छे चिनजान पनि राम्रै, पानी भर्ने पधेँरो पनि एउटै , गाउँको सम्बन्ध आफ्नै परिवारको जस्तै थियो ।
Friend  त पहिल्यै थियो फरी Request आउदा  संगीता वहिनीले अर्को फेसवुक खोलिछन् भन्ने ठानेर विना सङ्कोच Accept गरे । Accept भएको केहि सेकेण्ड मात्रै वितेको थियो । म्यासेज आयो-  चिनिन्छ ?
                                Duplicate                                                                                                                   Original
4 5
अर्को फेसवुकमा एक पटक पनि कुरा नभएको तर राम्रो सँग चिनजान भएको ।
नयाँ फेसवुकमा त याड हुने वित्तीकै म्यासेज, देवकोटा दङ्ग परे । सन्चै भनेर म्यासेज आए पछि नबोल्ने कुरै भयन गाउँको दिदी बहिनी संग गाउँमा मेला पात घाँस दाउरा लेक बेशी गर्दा जति भेट हुन्थ्यो यता सहर आएपछि त्यति भेट कहाँ हुन्छ र ? सबै आफ्नो काम र व्यस्तताले मस्त हुन्छन् भेट घाट एकदमै पातलो हुन्छ हात मुख जोर्न सबै आफ्नो पेशामा तल्लिन हुन्छन् । उनी पनि व्यस्त नै छिन् ।
पहिलो कुरामानै मलाई रिर्चाज पठाई दिनुस्न इमरजन्सी छ भनेर म्यासेज गरेपछी त्यो म्यासेज सोचनिए विषय वन्यो ।
sangita
यसो कुरा वुझ्दा त एसो पो रहेछ । झुक्कियका यादव देवकोटा मात्रै रहेनछन् । संगीता भट्टको Original  आइडी बाट प्रस्ट हुन्छ ।
di
adf
dee
यो त एउटा सानो उदाहरण  मात्रै हो । कतै तपालाई पनि त्यस्तै भएको छ छैन ? पछिल्लो समय अर्काको नाममा फेसबुक अकाउन्ट खोलेर लुट्ने प्रचलन बढ्दै छ । अर्काको नाम ठेगाना र फोटो राखेर दिन दाहाडै मान्छे ठग्ने प्रचलनले दिनदिनै यति मान्छे ठगीएका छन् कि तपाई त्यो आकलन पनि गर्न सक्नु हुन्न ।
फेसवुककै कारण नेपालमा महिला हिंसा, बलात्कार, ठगी ,लुटपाट, चेलिवेटी वेच बिखनका घटना दिनहु बढ्दो छ । यस्ता घटना वाट सवधान रहन न्युज २४ टेलिभिजन पनि आग्रह गर्दछ ।

No comments:

Post a Comment