Thursday, April 7, 2016

सरकारले माग्यो साढे ४ हजार कर्मचारी, एसएलसी पास गरेकालाई पनि अवसर

megomego
काठमाडौं, २५ चैत । लोकसेवा आयोगले झन्डै साढे ४ हजार कर्मचारीको विज्ञापन खुलाएको छ ।
आयोगले प्राविधिक पदमा (खरिदार स्तर) ४ हजार ४ सय १३ जना कर्मचारीको विज्ञापन खुलाएको हो । यसमा स्वास्थ्य सेवाका लागि मात्र ३ हजार ५ सय १५ जनाको माग गरिएको छ ।
यसमध्ये पनि अहेब र अनमी पदमा सबैभन्दा बढी कर्मचारी माग भएको छ । आयोगले आन्तरिक प्रतिस्पर्धाका लागि ९ सय ९१ पदमा आवेदन मागेको छ भने बढुवाका लागि ९३ पदमा प्रतिस्पर्धा हुने भएको छ ।
आयोगले विभिन्न क्षेत्रीय तथा उपक्षेत्रीय कार्यालयका लागि माग भएको प्राविधिक कर्मचारीका लागि योग्यता पुगेकाहरुले दरखास्त दिन सक्ने जनाएको छ । वैशाख १४ गतेसम्म दरखास्त दिन आह्वान गरेको आयोगले सबै समूहको परीक्षा जेठ महिनामा सञ्चालन गर्ने जानकारी दिएको छ ।
आयोगले खुलाएको विज्ञापन हेर्न यहाँ क्लिक गर्नुस् ।

No comments:

Post a Comment