गीत गाँउदागाँउदै एक इन्डोनिशियन गायिकाको सर्पले टोकेर स्टेजमै मृत्यु भएको छ। उनलाई गीत गाउनेक्रममा इर्मा ब्लु विषालु किङ् कोब्रा सर्पले टोकेको हो। आफ्ना प्राय प्रस्तुतिहरूमा सरिसृपहरू प्रयोग गर्ने गरेकी चर्चित इन्डोनेशियन गायिकाको सो सर्पले टोकेको करिब ४५ मिनेटपछि स्टेजमा गीत गाउँदागाउँदै निधन भएको हो।
जाभाको एक गाँउमा घटेको त्यो घटना क्यामरामा कैद भएको छ। सर्पले टोकेको उनलाई थाहा भएपनि उनले उक्त सर्पको बिष निकालिएको होला भन्ने सोच्दा २९ वर्षिया गायिकाले मृत्युवरण गर्नुपरेको हो। गीत गाउँदागाउँदै अचानक लडेपछि उनलाई अस्पताल लगिएको भए पनि अस्पतालले उनलाई तत्कालै मृत घोषित गरेको थियो।
No comments:
Post a Comment